प्रधानमन्त्री ओली र कतारका समकक्षीबीच अमेरिकामा भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीबीच अमेरिकामा भेटवार्ता भएको छ । 

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार  प्रधानमन्त्री ओली र कतारी समकक्षी थानीबीच आज दुईपक्षीय भेटवार्ता भएको हो । 

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलसहित अमेरिकाको न्युयोर्कमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार