मुग्लिन-नारायणगढ सडकखण्डमा आज र भोलि राति गाडी चलाउन नपाइने

अविरल र लगातारको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन चलाउन नपाइने भएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले बिहानैदेखि पानी परिरहेको र रातिमा पनि पानी पर्न सक्ने देखिएकोले मानवीय तथा भौतिक क्षति नहोस् भनेर रातको समयमा कुनै पनि सवारी चलाउन नदिने निर्णय गरेको जनाएको छ ।

विपद् प्राधिकरणको निर्देशनअनुसार आज साँझ ७ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारी साधन चलाउनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

निरन्तर पानी परिरहेकोले सो निर्णय गरिएको उनले बताए । अत्यावश्यक सवारी भने सञ्चालन हुनेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार