वनस्थलीको नालीमा मोटरसाइकल खस्दा १९ वर्षीय श्रेष्ठ बेपत्ता

काठमाडौँको वनस्थलीस्थित अन्नपूर्ण चोकमा एउटा मोटरसाइकल नालीमा खसेको छ। बागमती प्रदेश ०२-०१८ प २९७३ नम्बरको हिरो मोटरसाइकल नालीमा खसेको हो।

सिन्धुपाल्चोक घर भई हाल रानीवन बस्ने १९ वर्षीय राजन श्रेष्ठ सवार मोटरसाइकल नालामा खसेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए।

मोटरसाइकल भेटिए पनि चालक अझै बेपत्ता छन्। नेपाल प्रहरीको विपद् व्यवस्थापन टोलीले खोजी जारी राखेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार