२२ अंकले घट्यो नेप्से, कारोबार ४ अर्बमा सीमित

साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से २२.३६ अंकले घटेर २४६४ अंकमा बन्द भएको छ ।

कारोबार सुरु भएबाटै घटेको नेप्सेले दिनभर उकालो यात्रा गर्न नसक्दा बजार दोहोरो अंकको गिरावटसँगै राताम्मे बनेको हो ।

बजार ‘लिड’ गर्ने समूहहरु नै राताम्मे बनेपछि सूचकले माथि लाग्न सकेन । सबैभन्दा धेरै सेयर कारोबार हुने बैंकिङ, जलविद्युत्, फाइनान्सलगायतका समूहको सूचक घट्दा त्यसको असर बजारमा देखिएको हो ।

आज उत्पादन तथा प्रशोधन समूहबाहेकका सबै समूहको सूचक घटेर राताम्मे बनेको छ। सूचकसँगै आज कारोबार रकम पनि घटेर ४ अर्बमा सीमित हुनपुगेको छ । आज लगानीकर्ताले ४ अर्ब ५ करोड रुपैयााँको मात्रै सेयर कारोबार गरेका हुन् ।

यो दिन कारोबारमा आएका ३२७ वटा कम्पनीमध्ये १९३ वटा कम्पनीले भएको मूल्य पनि गुमाएका छन् भने ४६ वटा कम्पनीले कमाएका छन् । कमाउनेमा वीन नेपाल लघुवित्त, कुमारी सबल योजना र इङ्वा हाइड्रो अगाडि छ ।

यी दुवै कम्पनीको सेयरमूल्य ६ प्रतिशत धेरैले बढेको छ । यस्तै घट्नेमा भने माथिल्लो स्याङ्गे हाइड्रो, माथिल्लो हेवा खोला र एनएमबी सुलभ इन्भेष्टमेन्ट रहेका छन् । यी तीन वटै कम्पनीको सेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो ।

कारोबारमा भने आज एनएलजी इन्स्योरेन्स र सिइडीबी हाइड्रो डेभलपमेन्ट कमपनी अगाडि देखियो । यो दुवै कम्पनीको १५ करोड माथिको सेयर कारोबार भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार