नेपाल टेलिकमको पर्व अफर : सहुलियत दरमै भ्वाइस, डेटा र एफटीटीएचका प्याकेज

नेपाल टेलिकमले दशैँ, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना ग्राहकहरुका लागि दशैं अफर २०८१ उपलब्ध गराएको छ ।

सो अफरअन्तर्गत सहुलियत दरका भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरु आज (२०८१ असोज १३) देखि प्रारम्भ भई आगामी कात्तिक २३ गतेसम्म उपलब्ध हुनेछन् ।

अफरअन्तर्गत साबिकका एफटीटीएचका प्याकेजहरुमा साविककै मूल्यमा थप ब्यान्डविथ उपलब्ध गराइएको कम्पनीले जनाएको छ । ५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डाटारकम्बो प्याकेजहरुमा ५० प्रतिशतसम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबीपीएस ब्याण्डविथ कायम गरिएको छ ।

यो अफर उल्लिखित समयावधिभित्र नयाँ सेवा जडान गर्ने एवम् प्याकेज नवीकरण गर्ने सबै ग्राहकका लागि कायम रहनेछ। साथै एफटीटीएच नयाँ जडानमा जडान शुल्क ५ सय रुपैयाँ मिनाहा समेत गरिएको छ ।

यसैगरी दशैं अफरअन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरुका लागि ७९९ रुपैयाँमा अल नेट अनलिमिटेड भ्वाइस सुविधा, ४५ जीबी डाटा र ५०० अल नेट एसएमएस सुविधासहितको ७९९ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरिएको छ । साथै २५० रुपैयाँमा १००० मिनेट अल नेट भ्वाइस सुविधासहितको १००० मिनेट अल नेट भ्वाइस कल अफर र ९९ रुपैयाँमा १००० अन नेट एसएमएस सुविधाको १००० अन नेट एसएमएस प्याकेज समेत सञ्चालनमा ल्याइएको छ ।

यी सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।

आगामी कात्तिक २३ गतेसम्म आफ्नो मोबाइलबाट स्टार१४१५स्टार६ह्याक्स डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरु खरिद गर्न सकिनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार