३ दिनको अल्टिमेटमसहित धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले सोध्यो स्पष्टीकरण

भित्री सूचनाको आधारमा सेयर कारोबार (इन्साइडर ट्रेडिङ) को आरोप लागेपछि नेपाल धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुगानाकी छोरी रेबिका ढुंगानाको नाममा सर्वोत्तम सिमेन्टको सेयर रहेको फेला परेपछि अर्थले यस्तो स्पष्टीकरण सोधेको हो ।

रेबिकाको नाममा सर्वोत्तम सिमेन्टको करिब १२ हजार कित्ता सेयर रहेको पाएपछि ढुंगानामाथि तीन दिनको समय दिएर स्पष्टीकरणको माग गरिएको हो ।

बुक बिल्डिङमार्फत नेपालमै पहिलोपटक सर्वोत्तम सिमेन्टले आईपीओ जारी गर्ने तयारी गरिरहेको समयमा रेबिकाको नाममा कम्पनीको सेयर नामसारी भएको पाइएको थियो ।

भित्री सूचनाको आधारमा छोरीको नाममा अध्यक्षले सेयर खरिद गरी शक्ति दुरुपयोग गरेका खबर यसअघि प्रकाशित भएको थियो । सोही खबरको आधारमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले सत्यतथ्य विवरण मन्त्रालयमा बुझाउन निर्देशन दिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार