चणिकलाललाई बागमती सरकारले नगद पुरस्कारसहित सम्मान गर्ने

बागमती प्रदेश सरकारले ललितपुरको नख्खु खोलामा आएको बाढीले बगाएका चार जनामध्ये दुई जनाको उद्दार गरेको चणिकलाल तामाङलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । उनलाई डेढ लाख नगदसहित प्रदेश सरकारले सम्मान गर्न लागेको हो ।

मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न लागेको जानकारी दिए । काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटारका तामाङले गत शनिबार नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी छोरी ६ वर्षीया मेघना साह र राजुका भाइ २२ वर्षीय राज साहको उद्धार गरेका थिए ।

मुख्यमन्त्री लामाले चणिकलाललाई फोनमार्फत धन्यवाद व्यक्त गर्दै प्रदेश सरकारले नगद पुरस्कारसहित सम्मान गर्न लागेको जानकारी गराएका हुन् । चणिकलालले सामान्य मजदुरी (रङ लगाउने काम) गरेर जीविकोपार्जन गर्दै आएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार