‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ फिल्मबाट अशोक र एआरले डेब्यु गर्दै

गायक अशोक दर्जीलाई लिएर फिल्म ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बन्ने भएको छ । गायक तथा संगीतकार टंक बुढाथोकीले आफ्नो चर्चित गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ शीर्षकमा फिल्म निर्माण गर्ने भएक छन् ।

सामाजिक कथामा बन्ने फिल्मबाट बालगायक अशोक दर्जी र एआर बुढाथोकीलाई डेब्यु गर्दैछन् । रमेश बिकको पनि डेब्यु हुँदैछ । निर्देशक बुढाथोकीले बिकलाई अनुबन्धित गरेको जनाकारी दिए । पटकथा एवं संवाद शिवम अधिकारीले लेखेका छन् ।

बुढाथोकीले आइतबार चलचित्र विकास बोर्डबाट फिल्म निर्माणको इजाजत लिएका छन् । फिल्मलाई बुढाथोकीले नै निर्माण तथा निर्देशन गर्ने प्रेषित विवरणमा उल्लेख छ । लक्ष्मी गिरी कार्यकारी निर्माता रहने यो फिल्ममा विनय अधिकारी सहनिर्माता हुनेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार