दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण मुद्दा ‘हेर्न नमिल्ने’, अर्को सुनुवाइ मंगलबार

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण मुद्दा ‘हेर्न नमिल्ने’ मा परेको छ ।

सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको इजलासमा परेको उक्त मुद्दा ‘हेर्न नमिल्ने’ मा परेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।

घिमिरेले भने, ‘न्यायाधीशहरु बाहिर हुनुहुन्छ । उहाँहरुको अभावका कारण मुद्दा ‘हेर्न नमिल्ने’ मा परेको हो । मुद्दाको अर्को सुनुवाइ मंगलबारका लागि तोकिएको छ ।’

यसअघि सर्वोच्चका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले उनलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार गर्दै कारण देखाऊ आदेश जारी गरेको थियो ।

प्रसाईंलाई गैरन्यायिक थुनामा राखिएको भन्दै उनका छोरा निराजनले रिट दायर गरेका थिए ।

अमुक महिलाको चरित्रमा प्रश्न उठाउँदै दिएको अभिव्यक्तिविरुद्धको उजुरीमा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार