इजरायली आक्रमण पछि १० लाखभन्दा बढी लेबनानी नागरिक विस्थापित

लेबनानमा इजरायली सेनाको आक्रमण पछि १० लाखभन्दा बढी नागरिक विस्थापित भएका छन् ।

लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले इजरायलको लगातार जारी हवाई आक्रमणका कारण देशभर १० लाखभन्दा बढी नागरिक विस्थापित भएको र ८० हजारले देश छोडेको बताएका छन् । उनीहरू सिरिया तर्फ जान थालेका छन् । 

बीबीसीका अनुसार लेबनानमा यो हालसम्मकै ठूलो विस्थापन रहेको प्रधानमन्त्री मिकातीले बताएका हुन् ।

यसैबीच, आइतवार भएको इजरायली आक्रमणमा परी ५० जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हिजबुल्लाहले आइतवार इजरायलले गरेको आक्रमणमा परी आफ्नो शीर्ष कमान्डर अली कराकी र वरिष्ठ धर्म गुरु शेख नाबिल कौकको पनि मृत्यु भएको पुष्टि गरेको छ ।

लेबनानका प्रधानमन्त्री मिकातीले इजरायली आक्रमणका कारण लेबनानी नागिरक त्रसित भएको र बेरूत तथा दक्षिणी सीमासँग जोडिएका मुलुकमा भागेर जान थालेको बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार