साढे चार लाख घुस लिने वडाध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

धनुषाको जनकपुर उपमहानगरपालिका–२४ का वडाध्यक्ष उपेन्द्र सहनीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार वडाध्यक्ष सहनीसहित वडासचिव उपेन्द्र साहु तेली र विजय मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारको बर्दिवास कार्यालयबाट खटेको टोलीले घरबाटो सिफारिस गरिदिन सेवाग्राहीसँग चार लाख ५० हजार घुस मागेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो ।

अख्तियारले उनीहरू तीनै जनालाई चार लाख ५० हजार बिगो कायम गरी बिगोबमोजिम जरिवाना माग गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार