बुवाको संघर्षको भिडिओ बनाएर पठाउनेलाई ‘पूर्ण बहादुरको सारङ्गी’ले ५० हजार पुरस्कार दिने

कात्तिक १५ गतेबाट प्रदर्शन हुने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले भिडियो प्रतियोगिता गर्ने भएको छ । निर्माण टिमले ‘मेरो बा को संघर्ष’ नाम दिदैँ बुवाको संघर्ष र महत्वबारे भिडियो प्रतियोगिता आयोजना गरेको हो ।

प्रतिस्पर्धामा सहभागी हुन सहभागीहरुले आफ्नो बुवाको संघर्षको बयान गर्दै भिडियो बनाएर पठाउनुपर्नेछ । सहभागीहरुले आफुले बनाएको भिडियो आफुलाई सहज लाग्ने माध्यम जस्तै छोटो कथा, कविता, धन्यवाद ज्ञापन, चिठ्ठी, मनोवाद, आदि बाट प्रस्तुत गर्न सक्नेछन् ।

सहभागीले अधिकतम ३ मिनेटसम्मको भिडियो बनाएर पठाउनुपर्नेछ । साथै सामाजिक सञ्जालमा पोस्ट गर्दा ह्याजट्याग पूर्णबहादुरको साङ्गी, कात्तिक १५, सेभेनसिजसिनसहित मेरो बाको संघर्ष लेख्नुपर्नेछ । साथै सेभेन सिजसिनेमाको फेसबुक पेजमा ट्याग गर्नुपर्नेछ ।

सामाजिक संजालमा आफुले गरेको पोस्ट वा निर्माण टिमले गरेको पोस्ट सेयर गर्दा आफ्नो बुवालाई अनि परिवारलाई पनि मेन्सन गर्नुपर्नेछ । प्रतियोगितामा लागू गर्नुपर्ने सबै नियम र सर्तहरु अन्तिम चयन र विजेताका लागि लागू हुनेछ ।

विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने चलचित्र निर्माण टिमले जनाएको छ। यस्तै, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार रुपैयाँ दिइनेछ ।

नगद पुरस्कार बाहेक उत्कृष्ट भिडियो बनाएर पठाउने २० जनाले चलचित्रको २र२ वटा टिकट फ्री पाउनेछन् । सहभागीहरुले भिडियो कार्तिक ८ गतेसम्म बनाएर पठाइसक्नुपर्नेछ ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा प्रकाश सपुत र विजय बरालको मुख्य भूमिका छ । साथै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ । सेभेन सिज सिनेमा र बाँसुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रको विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार