लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य घटेको छ ।

सोमबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला पाँच सय रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय २५ रूपैयाँमा किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार