नेप्से ११४ अंकले बढेपछि १८ कम्पनीको सेयर मूल्यमा लाग्यो सकारात्मक सर्किट

मंगलबार सेयर बजार भारी अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा एकै दिन ११४.७० अंक अर्थात् ४.५७ प्रतिशतले बजार बढेको हो । कारोबार रकम पनि दोब्बर बढेको छ । अघिल्लो दिन जम्मा ३ अर्ब ७१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६१ करोडको भयो ।

४.५७ प्रतिशतले बढेसँगै लगानीकर्ताले ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँको सेयर किनबेच गरेका छन् ।

१ करोड ७५ लाख ७ हजार कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो । आजको कारोबारमा एउटा बाहेक सबै कम्पनीको सेयर मूल्य बढेको हो ।

एक कम्पनीको मूल्य स्थिर रहे पनि २४३ वटाको मूल्य बढ्न पुगेको छ । आज मात्रै १८ कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । आज अधिकांश फाइनान्स कम्पनीहरुको सेयरमा उच्च वृद्धि देखिएको नेप्सेले जनाएको छ ।

बुटवल पावर, गोर्खाज फाइनान्स, गुडविल फाइनान्स, श्रीइन्भेस्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, जानाकी फाइनान्स, गुहेश्वरी फाइनान्स, आईसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मल्टिपर्पस फाइनान्स, रिलायन्स फाइनान्स, अरुणकाबेली पावर, दोर्दीखोला हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, सिटी होटल, थ्रीस्टार हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, नेपाल फाइनान्स, बेस्ट फाइनान्स, एक्सल डेभलपमेन्ट बैंक, युनियन हाइड्रोपावर, मिडसोलु हाइड्रोपावर तथा पोखरा फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो ।

कारोबारतर्फ आज एनएलजी इन्स्योरेन्स कम्पनीको २८ करोड ८२ लाख, हिमालयन रिइन्स्योरेन्सको २३ करोड ५१ लाख, नेपाल फाइनान्सको २० करोड ७२ लाख, सीईडीबी हाइड्रोको १९ करोड ७२ लाख लाख र अपि पावरको १८ करोड १० लाखको सेयर किनबेच भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार