सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लीला पछाई पक्राउ

काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले गुल्मीकी लीला पछाईलाई पक्राउ गरेको छ । उनले सहकारीका अध्यक्ष जीबी राईसँग मिलेर सहकारीको ३ करोड रुपैयाँ भन्दा धेरै रकम आफ्नो बैंक खातामा राखेको देखिएको प्रहरीले जनाएको छ ।

सोमबार पक्राउ परेकी उनलाई जिल्ला अदालत कास्कीले ४ दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरीको भनाइ छ । लीला पछाईं र जीबी राईबीचको सम्बन्ध के हो भन्ने प्रहरीले खुलाएको छैन। लीला यो सहकारी प्रकरणमा नाम किटान भएकी र फरार सूचीमा भएकी व्यक्ति पनि हैनन्।


सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राईसहित १८ जना फरार छन् भने कुमार रम्तेलसहित केही पुर्पक्षका लागि थुनामा छन् । यही प्रकरणमा ग्यालेक्सी टेलिभिजनका पूर्वसञ्चालक छविलाल ओझा पनि पक्राउ परेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार