टी–२० सिरिज: नेपाल क्यानाडासँग ४ विकेटले पराजित

त्रिकोणात्मक टी(२० आई सिरिजमा घरेलु टोली क्यानडासँग नेपाल ४ विकेटले पराजित भएको छ । योसँगै शीर्ष स्थानमा रहँदै उपाधि जित्ने नेपालको सम्भावना निकै न्यून बनेको छ ।

सिरिजको अघिल्लो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । पछिल्लो समय नेपाली टोली एक दिवसीय र टी २० का समान दुई खेलमा क्यानडासँग पराजित भएको छ ।

नेपालले दिएको १ सय ४० रनको लक्ष्य क्यानडाले ३ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो । क्यानडाका साद विन जफर ३३ र रविन्द्रपाल सिंह २० रनमा अविजित र हे।

कप्तान निकोलस किर्तन २६ र ओपनर दिलप्रित बाज्वा २५ रनमा पेभेलियन फर्के । नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले समान २ विकेट लिए । सोमपाल कामीले एक विकेट झारे ।

त्यसअघि किंग सिटीमा क्यानडाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३९ रनको योगफल तयार पारेको थियो ।

पहिलो विकेटका लागि ओपनर अनिल शाह र आशिफ शेखले १ ओभरमा ७० रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाए पनि त्यसपछिका ब्याटरले आक्रमक खेल प्रस्तु गर्न सकेनन् ।

अनिल शाह ४१ र आशिफ शेख ३० रनमा आउट भए। कुशल भुर्तेल १३ र दिपेन्द्र सिंह ऐरिले १२ रन थपे। गुल्सन झा २३ र करण केसी ८ रनमा अविजित रहे ।

सिरिजको अन्तिम खेलमा नेपालले आज बुधबार ओमानसँग खेल्नेछ । ओमानसँगको पहिलो खेलमा नेपालले ३७ रनको जित निकालेको थियो ।

सिरिजपछि नेपाली टोली आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक सिरिजका लागि अमेरिका प्रस्थान गर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार