दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डरको विश्व वरियताको दोस्रो स्थानमा

नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डरको विश्व वरियतामा दोस्रो स्थानमा उक्लिएका छन् ।

कुनै पनि नेपाली खेलाडीले आईसीसीको विश्व वरियतामा हात पारेको यो अहिलेसम्मकै ठूलो सफलता हो । दीपेन्द्र चार स्थान माथि उक्लिएर दोस्रो स्थान पुग्न सफल भएका हुन् ।

इङ्ल्यान्डका लायम लिभिङस्टोनमात्र दीपेन्द्रभन्दा अगाडि छन् । लिभिङस्टोनको रेटिङ २५३ र दीपेन्द्रको २३० छ । रेटिङ हरेक खेलको प्रदर्शन अनुसार परिवर्तन हुने गर्दछ ।

टी–२० आई अलराउण्डरको तेस्रो स्थानमा अष्ट्रेलियाका मार्कस स्टोइनिस, चौथो स्थानमा जिम्बावेका सिकन्दर राजा, पाँचौं स्थानमा श्रीलंका वानिन्दु हसरंगा र छैटौं स्थानमा अफगानिस्तानका मोहम्मद नाबी छन् ।

टी-२० अलराउन्डरको विश्व वरियतामा नेपालका कुशल मल्ल ४०औं, रोहित पौडेल ५४औं, गुल्शन झा ५६औं र कुशल भुर्तेल ६०औं स्थानमा छन् । करण केसी ७१औं स्थानमा छन् ।

टी-२० बलरको वरियतामा दीपेन्द्र ७१औं स्थानमा छन् । सोमपाल कामी ९१ स्थानमा छन् । अन्य कुनै पनि नेपाली बलर शीर्ष सयभित्र छैनन् । ब्याटिङतर्फ दीपेन्द्र ४३औं नम्बरमा छन् । रोहित पौडेल ६१औं, आसिफ शेख ७०औं र कुशल मल्ल १००औं स्थानमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार