अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन

संसदीय सुनुवाइ समितिबाट अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन भएको छ ।

बुधबार बसेको बैठकले उनको सुनुवाइ सकिएसँगै राजदूतमा अनुमोदन गरेको हो । यादवले समितिमा आजै आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् ।

उनले समितिमा पेस गरेको कार्ययोजानमा बृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि गर्नेगरी नेपाल र अष्ट्रेलियाबीचको बहुपक्षीय सम्बन्ध सुदृढ एव विस्तृत बनाउन कटिबद्ध रहने उल्लेख गरेकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार