अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित

अखिल क्रान्तिकारीको असोज १० गतेबाट जारी २३ औं राष्ट्रिय सम्मेलन स्थगित भएको छ ।

सम्मेलनको अध्यक्ष मण्डलका अध्यक्ष बीरबहादुर थापाका अनुसार असोज ११ र १२ गते भएको भीषण वर्षाका कारण बन्दसत्र एक दिनको लागि स्थगित भइ पुनः सुचारु भएको थियो ।

उनका अनुसार बन्द सत्रमा प्रस्तावित प्रतिवेदनमाथि छलफल जारी रहेको छ भने पाारित विधान बमोजिम निर्वाचन सम्पन्न गर्न दसैँ अगाडिको समय अपर्याप्त भएको सुझाव प्राप्त भएको छ ।

अध्यक्ष मण्डलबिच बुधबार बसेको बैठकले यो अवस्था स्थगन गर्न उचित रहेको निष्कर्ष निकाल्दै सो निर्णय गरिएको उनको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार