भारतको १५ अर्ब सहयोगमा दुई पेट्रोलियम पाइपलाइन बन्ने, सम्झौता सम्पन्न

भारत सरकारको अनुदान सहयोगमा दुई पेट्रोलियम पाइपलाइन बन्ने भएका छन् । बिहीबार नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्ट र इण्डियन आयल कर्पोरेशनका निर्देशक सेन्थल कुमारबीच पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता निर्माणसम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअनुसार भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र झापाको आरआलीमा १८ हजार ९ सय किलोमिटर क्षमताको स्मार्ग ग्रिनफिल्ड टर्मिनल भारत सरकारको अनुदानमा निर्माण हुनेछ ।

यस्तै नेपालको अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलिम पाइपलाइन परियोजना र चितवनको लोथरमा ९१ हजार ९ सय किलोलिटर क्षमताको स्मार्ट ग्रिनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा निगमको लगानीमा निर्माण गर्ने सम्झौता भएको छ ।

यी परियोजनाका लागि भारतले कुल १५ अर्ब रुपैयाँले अनुदान दिने निगमले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार