फेरि रोकियो धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता

नेपाल धितोपत्र बोर्डका अध्यक्षका लागि लिइने अन्तर्वार्ता पुन: रोकिएको छ ।

बोर्डको अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका बाँकी ३ उम्मेदवारलाई अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गर्न शुक्रबार सिंहदरबार बोलाइएको थियो । तर शुक्रबार पनि यी तीन जनाको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत हुन सकेन ।

आज बिहान ८ बजे मन्त्रालयमा बोर्ड अध्यक्षका उम्मेदवारको अन्तर्वार्ता तथा प्रस्तुतीकरण गर्ने भनिए पनि अन्तर्वार्ता लिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारी नै अनुपस्थित भएपछि प्रक्रिया रोकिएको हो । डा अधिकार बिनासूचना अन्तर्वार्तामा अनुपस्थित भएका हुन् ।

अध्यक्षका तीन उम्मेदवार शुक्रबार अन्तर्वार्ता दिन अर्थ मन्त्रालय पुगेका थिए । तर, उनीहरूले अन्तर्वार्ता दिन पाएनन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकारी कृष्णबहादुर कार्की, धितोत्रप बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी र नेपाल बिमा प्राधिकरण (तत्कालीन बिमा समिति)का अध्यक्ष चिरञ्जीवी चापागाईं अन्तर्वार्ता दिन गएका थिए ।

यसअघि, उनीहरूले दुई पटकसम्म व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता अस्वीकार गरेका थिए । यी तीनजनालाई सिफासिस समितिले पुनः सूचना निकालेर आज बिहान ८ बजेका निम्ति अन्तर्वार्तामा बोलाएको थियो ।

यसअघि, सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता दिइसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार