किशोरी बलात्कार गरेको आरोपमा ७१ वर्षीय वृद्धसहित दुई जना पक्राउ

कैलालीमा एक किशोरी बलात्कृत भएकी छन् । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जसमा एक जना वृद्धछन् ।

छुट्टाछुट्टै समयमा १६ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा जानकी गाउँपालिका वडा नम्बर २ का १६ वर्षीय किशोर नेपाली र सोही ठाउँका ७१ वर्षीय गजबहादुर दर्लामी मगरलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार १६ वर्षीय किशोरले भदौको तेस्रो हप्ता आफ्नै घरमा बोलाएर र ७१ वर्षीय मगरले चौथो हप्तामा छिमेकिको घरमा बोलाएर बलात्कार गरेको आरोप लगाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार