सिंहदरबारअगाडि प्रदर्शन गर्न पुगेका रूबी खानसहित तीन जना प्रहरीको नियन्त्रणमा

सिंहदरबारअगाडि प्रदर्शन गर्न पुगेका रूबी खानसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार ३ बजे सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्न पुगेको रूबी खानको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

रूबी खानसहित, ललिता थारू र गीता चमारलाई प्रहरी वृत्त सिंहदरबारको टोलीले नियन्त्रणमा लिएको महिला अधिकार मञ्चका सूचना अधिकारी शेर बागवनले जानकारी दिए ।

सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । ‘गृहमन्त्रीलाई खोज्न सिंहदरबार प्रवेश गर्न लागेको’ भन्दै उनीहरूले नाराबाजी गरेका थिए । निर्मला कुर्मीको मुद्दा अदालतमा पेस गरिनुपर्ने मागसहित उनीहरू गत साउन २५ देखि माइतीघर मण्डलामा धर्ना बसिरहेका छन् ।

घटनाको अनुसन्धान सकेर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत मंसिरमै प्रहरी प्रधान कार्यालयमा प्रतिवेदन पेस गरिसकेको छ । प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा पेस गर्न सरकारी वकिल कार्यालय बाँकेमा पठाइसकेको छ । तर, मुद्दा अझै सरकारी वकिल कार्यालयमा दर्ता हुन सकेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार