सिद्धार्थ बैंकको दशैं अफर : दशैंको खुसियाली, डबल यसपालि, २ गुणा रिवार्डस प्वाइन्ट

सिद्धार्थ बैंक लिमिटेडले ‘दशैं २ एक्स रिवार्डस अफर’ विशेष योजना सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको ‘दशैंको खुसियाली, डबल यसपालि’ अफरअन्तर्गत ग्राहकले २०८१ असोज ११ देखि ३० गतेसम्म कार्ड वा मोबाइल बैंकिङमार्फत कारोबार गर्दा २ गुणा बढी प्वाइन्ट प्राप्त गर्न सक्नेछन् ।

बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ रिवार्डस कार्यक्रमअन्तर्गत ग्राहकले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी गरेको खरिद (POS तथा E-commerce) र मोबाइल बैंकिङबाट गरेको ​टपअपको आधारमा रिवार्डसमा सामान्यतः प्राप्त हुने प्वाइन्टको दोब्बर प्वाइन्ट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यसरी आर्जन गरेको पोइन्टलाई हवाई टिकट, होटल, पसल, उपहार कार्ड, बीमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरू लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सकिनेछ ।

यो अफरमार्फत ग्राहकहरूलाई डिजिटल कारोबारको लाभ मात्र नभई, उनीहरूको बैंकप्रतिको विश्वासलाई अझ बलियो बनाउने प्रयास गरिएको बैंकको दाबी छ ।

यस योजनाले ग्राहकहरूको डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्साहन गर्नुका साथै बैंकले आफ्नो डिजिटल रूपान्तरणको यात्रालाई पनि थप गति दिने छ ।

यस योजनामार्फत ग्राहकको विश्वासलाई अझै मजबुत बनाइ डिजिटल बैंकिङ्ग कारोबारलाई उत्कृष्ट बनाउने विश्वास बैंकले लिएको छ ।

अफरको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिनेछ ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार