काठमाडौंबाट लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना

काठमाडौंबाट लमजुङ जाँदै गरेको हायलक्स गाडी नुवाकोटमा दुर्घटनामा परेको छ । आज बिहान नुवाकोटको काफलडाँडामा गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जना पुरुषको अवस्था गम्भीर छ ।

बा १४ च ३८५५ नम्बरको गाडी आज बिहान करिब ८ बजे टोखा-छहरे सडक खण्डबाट करिब ५०० मिटर तल खस्दा चालकको मृत्यु भएको हो । उनको सनाखत नभएको प्रहरीले जनाएको छ । गाडीमा ४ पुरुष र २ महिला गरी जम्मा ६ जना थिए । उक्त गाडी हाइड्रोपावरको भएको प्रहरीले जनाएको छ ।

आज दुर्घटना भएको गाडी पनि टोखा(छहरे सडक प्रयोग गरेर काठमाडौंबाट लमजुङ जाँदै थियो । यो सडकखण्ड काठमाडौं‌बाट नुवाकोटको त्रिशुली हुँदै गल्छी पुगेर पृथ्वी राजमार्गमा जोडिन्छ। यही असोज ११ र १२ गते भएको भारी वर्षाका कारण पहिरो जाँदा नागढुंगातर्फको बाटोमा घण्टौं जाम हुने हुँदा सवारीसाधनहरू वैकल्पिक बाटो (काठमाडौं-नुवाकोट-धादिङ) भएर जाने गरेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार