लेबनानमा श्रीमती र दुई छोरीसहित मारिए हमास नेता

उत्तरी लेबनानी सहर त्रिपोलीमा हमास सशस्त्र समूहका एक नेता परिवारसहित मारिएका छन्। समाचार एजेन्सी रोयटर्सले हमाससँग सम्बन्धित मिडियालाई उद्धृत गर्दै यो जानकारी दिएको हो। रिपोर्टअनुसार प्यालेस्टिनी शरणार्थी शिविरमा इजरायली आक्रमणमा परिवारका तीन सदस्यसहित हमास नेता सईद अताल्लाह मारिएका हुन्।

यस विषयमा इजरायली सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। हमाससँग सम्बद्ध पत्रिका ‘प्यालेस्टाइन’को रिपोर्टअनुसार त्रिपोली सहरको बेदावी शरणार्थी शिविरमा भएको आक्रमणमा परिवारका तीन सदस्यसहित हमास नेता अताल्लाह मारिएका हुन्।

मारिनेमा इद अताल्लाहसँगै उनका श्रीमती र दुई बच्चा रहेको लेबनानी पत्रिका ‘अन नहर’ले जनाएको छ। हमासले भने अहिलेसम्म मृत्युको पुष्टि गरेको छैन।

यद्यपि एक सहयोगी चरमपन्थी समूह प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) ले पनि अताल्लाह आफ्नी श्रीमती र दुई छोरीको मृत्यु भएको बताएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार