आज यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै छ। सँगै पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भू-भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

ती मौसमी प्रणालीको प्रभावले आइतबार बिहान लुम्बिनी र गण्डकी सहित देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ।

राति पनि पहाडी भू-भागमा आंशिकदेखि साधारणतया रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा राति पनि मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार