प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई आज प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।

“नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफरिसमा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीश पदा नियुक्त गुर्नभएको छ,” राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राउतले आज दिउँसो १ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ खानेछन् ।

अघिल्ला प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ १८ असोजमा अवकास भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन् । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार