सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (आज) छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो ।

आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार