प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको सपथ

नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश राउतलाई शपथ गराएका हुन् ।

राष्ट्रपति पौडेलले राउतलाई आइतबारै प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् । शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज दाहाल, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल लगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्त प्रसाद पन्थीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नवनियुक्त सम्माननीय प्रधान न्यायाधीश श्री प्रकाशमान सिंह राउतज्यूले राष्ट्रपतिको कार्यालयमा आयोजित एक विशेष समारोहमा सर्वोच्च अदालत ऐन, २०४८ को दफा ८ बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार