तीन दिनमा कति कमायो ‘बेहुली फ्रम मेघौली’ले ?

स्वस्तिमा खड्काको चलचित्र ‘बेहुली फ्रम मेघौली’ले उत्साहजनक व्यापार गरेको छ । घटस्थापनको अवसरमा रिलिज भएको यस फिल्मले तीन दिनमा २ करोड २५ लाख कमाइ गरेको जनाएको छ ।

चलचित्रले पहिलो दिन बिहीबार ८० लाख कमाएको थियो । दोस्रो दिन शुक्रबार ५५ लाख आम्दानी गरेको थियो । वितरक कम्पनीका अनुसार शनिबार १ करोडभन्दा बढी कलेक्सन गरेको छ ।

बिदाका दिनमा हलमा दर्शकको अकुपेन्सी ८० देखि ९० प्रतिशत छ । बिदाबाहेकका दिनमा ७० देखि ७५ प्रतिशत अकुपेन्सी रहेको वितरक अशोक शर्माले बताए ।

‘बेहुली फ्रम मेघौली’ले देशभर ३३५ भन्दा धेरै शो पाएको थियो । नेपालमा यति धेरै शो पाउने यो पहिलो चलचित्र हो ।

चलचित्रमा स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका छ । चलचित्र सजन काफ्ले र आकाश बरालले निर्देशन गरेका हुन् ।

चलचित्रमा वसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, टीका पहारीलगायत कलाकारको पनि अभिनय छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार