सेयर बजार ५६ अंकले बढ्यो, ६ अर्ब १३ करोडको कारोबार

सेयर बजार आइतबार ५६ अंकले बढेको छ । साताको पहिलो कारोबार दिन बजार ५६.०९ अंकले बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २६५३ मा कायम भएको छ ।

यस दिन २१९ कम्पनीको सेयर मूल्य बढेको छ । २३ कम्पनीको सेयर मूल्य घटेको छ ।

६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

यस दिन फाइनान्स सेक्टरमा लगानीकर्ताको आकर्षण देखियो । फाइनान्स सूचक सबैभन्दा धेरै ६.३० प्रतिशत बढ्यो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार