प्रतिश जिसी १५ लाखमा विराटनगरमा पुगे

तीव्र गतिका बलर प्रतिश जिसी नेपाल प्रिमियर लिग ९एनपीएल० को अक्सनमा विराटनगरले अनुबन्ध गरेको छ ।

आइतबार भएको अक्सनमा उनी १५ लाख रुपैयाँमा विराटनगरमा आवद्ध भएका हुन् ।

बायाँ हाते बलर प्रतिश पछिल्लो दुई वर्षमा नेपाली टोलीमा थिए । क्याटेगोरी ए मा रहेका उनलाई अक्सनमा काठमाडौं, सुदूरपश्चिम र विराटनगर किंग्सबीच प्रतिस्पर्धा भएको थियो । लक्की ड्र मार्फत विराटनगरले पाएको हो ।

उनले बलिंगसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने हुँदा १५ लाख पाएका हुन् । टी(२० विश्वकपपछि भने उनी नेपालको राष्ट्रिय टोलीमा छैनन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार