प्रचण्ड भन्छन्- छानबिन समितिले रवि लामिछानेलाई दोषी देखाएको छैन

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाका सभापति रवि लामिछानेको बचाउ गरेका छन् ।

उनले अहिलेपनि संसदीय छानबिन समितिले लामिछानेलाई दोषी नदेखाएको स्पष्ट पारेका छन् । उनले आफू प्रधानमन्त्री हुँदा लामिछानेले सहकारी ठगी गरेको प्रमाण नपाएको दाबी गरे ।

आज (आइतबार) चितवन पुगेका प्रचण्डले यस्तो स्पष्टीकरण दिएका हुन् । उनले भने, ‘सहकारी ठगीसम्बन्धी अध्ययन गर्न बनेको संसदीय कार्यदलले पनि लामिछानेलाई दोषी देखाएको छैन । गोरखा मिडिया नेटवर्कसम्बन्धी केही चिज छ भनिएको, यद्यपि पोखराको अदालतले समेत रविलाई समाउन दोषी नभएको भनेको मैले सुनेको छु ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार