नवनियुक्त प्रधानन्यायाधीशको उद्घोषः अबको न्यायपालिका गरिमामय, समृद्ध र मर्यादायुक्त हुन्छ (भिडियो)

नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले अबको न्यायपालिका गरिमामय, समृद्ध र निष्ठापूर्ण हुने बताएका छन् ।

आज (आइतबार) राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथलिएसँगै कार्यभार सम्हालेको उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले अबको न्यायपालिका मर्यादायुक्त हुने बताएका हुन् । निष्ठाले ओतप्रोत भएका न्यायाधीशहरुलाई काम गरेर देखाउने मौका दिन उनले आग्रह गरे ।

‘अबको न्यायपालिका एकदम गरिमामय हुन्छ । समृद्ध बनाउने प्रयन्त हुन्छ । यो मर्यादायुक्त हुन्छ । तपाईँहरुले यसमा शंका नै नगर्नुस् । निष्ठाका न्यायाधीशरुले ओतप्रोत भएको ठाउँमा तपाईँहरुले यो प्रश्न गरिरहनु भएको हामीलाई काम गरेर देखाउन दिनुस्,’ उनले भने ।

साथै, उनले अहिले न्यायपालिका लयमा फर्किसकेको दाबी गरे । सबै न्यायाधीशहरु अहोरात्र खटेर न्यायलयलाई लयमा फर्काएको उनले बताए । उनले बार र बेन्चबीचको सम्बन्धमा पनि सुधार आउने उनले विश्वास व्यक्त गरे । आफूले बार र बेन्चबीच ठूलो मतभेद रहेको पनि नठानेको उनले बताए । छलफल र समझदारीमा विवाद समाधान हुने उनको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार