उपनिर्वाचनका निम्ति २५ दल दर्ता 

आसन्न स्थानीय तहको उपनिर्वाचनका निम्ति २५ दल दर्ता गरिएका छन् । निर्वाचन आयोगले आइतबार दल दर्ताको निर्णय गरेको हो ।

उपनिर्वाचन प्रयोजनका निम्ति यही असोज १० देखि १६ गतेसम्म दल दर्ताको समय तोकिएको थियो । उक्त अवधिमा ती २५ दल दर्ताको निवेदन दिइएको थियो । निवेदनमाथि अध्ययन गरी निर्णय गरिएको आयोगले जनाएको छ ।

स्थानीय तहमा रिक्त स्थान परिपूर्तिका निम्ति आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मंसिर २ मा उमेवारी दर्ता गरिने कार्यतालिका छ ।

दल दर्ताको सूची हेर्नुहोस् :

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार