काठमाडौंका क्लबमा बालिकाहरूलाई प्रवेश गराएको आरोपमा दुई जना पक्राउ

काठमाडौंका क्लबमा बालिकाहरूलाई प्रवेश गराएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका-२४, धापाखेलका ३१ वर्षीय सनिप महर्जन र सुर्खेत घर भई ढोलाहिटी बस्ने २९ वर्षीय सन्देश थापा पक्राउ परेका हुन् ।

उनीहरूले बालिकाहरूलाई काठमाडौंको ठमेलमा रहेका क्लबहरूमा प्रवेश गराएको आरोप छ । उनीहरूमाथि बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ८ बमोजिम कसुर गरेको अभियोग छ ।

क्लबहरूबाट बालिकाहरूको उद्धार गरी परिवारको जिम्मा लगाएको कार्यालयले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार