बढी मूल्यमा पानी बेच्नेलाई दुईलाख रुपैयाँ जरिवाना

तोकिएको अधिकतम खुद्रा मूल्य २० रुपैयाँको पानीको बोतल एक सयमा बेचेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा–६ बैदामस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एण्ड बारलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।

पानी प्रशोधक कम्पनीले तोकेको अधिकतम मूल्यभन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐनबमोजिम कारबाही उक्त रेस्टुरेन्टलाई गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए ।

सोही स्थानका एक ग्राहकले २० रुपैयाँ पर्ने एक बोतल मिनरल वाटरलाई एक सय रुपैयाँ तिरेको बिलसहित प्रशासनमा उजुरी गरेका थिए ।

स्थानीय प्रशासनले सो रेष्टुरेष्टलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड (ख) बमोजिम जरिवाना गरिएको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार