प्रधानमन्त्री ओलीले लगाए बुवाको हातबाट दसैँको टीका

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बुवा मोहनप्रसाद ओलीको हातबाट दशैको टीका लगाएका छन् ।

ओलीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान शुभसाइतमा पिता मोहनप्रसादको हातबाट टीका र जमरा लगाएका हुन् । पिताको हातबाट टीका लगाउनु अघि प्रधानमन्त्री ओलीले पुरोहितको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा ग्रहण गरेका थिए ।

आफूले टीका लगाएपछि प्रधानमन्त्री ओलीले श्रीमती तथा आफन्तजनलाई टीका लगाइदिएका छन् ।

वडादशैंको टीका लगाएपछि प्रधानमन्त्री ओलीले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै सबैको सुस्वास्थ्य, उन्नति, प्रगती र सफलताको कामना गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार