टेस्लाको रोबो ट्याक्सी ‘साइबरक्याब’ सार्वजनिक, के के छन् विशेषता ?

काठमाडौँ । एलन मस्कको टेस्लाले आफ्नो पहिलो रोबोट ट्याक्सी ‘साइबरक्याब’ सार्वजनिक गरेको छ ।

अमेरिकाको क्यालिफोर्नियामा आयोजित ‘भी–रोबोट’ कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले एआई फिचरसहितको रोबोट ट्याक्सी सार्वजनिक गरेका हुन् ।

दुई सिटको स्टेयरिङ र पेडल दुवै नभएको यस ट्याक्सी ३० हजार डलरमा किन्न सकिने बताइएको छ । मस्कले सन् २०२७ अघि साइबर क्याबको उत्पादन सुरु हुने आशा व्यक्त गरेका छन् ।

कम्पनीले २० जना बोक्न सक्ने क्षमताको अर्को अटोनोमस गाडी ‘रोबोभन’ पनि सार्बजनिक गरेको छ । यसमा सामान पनि बोक्न सकिन्छ । उदाहरण दिँदै मस्कले यसलाई खेलकुद टोलीको ढुवानीका लागि प्रयोग गर्न सकिने बताएका छन् ।

साइबर क्याबका विशेषता:

  • साइबर क्याब चलाउन प्रति माइल २० सेन्ट खर्च हुनेछ ।
  • यसलाई चार्ज गर्न कुनै पनि प्रकारको प्लगको आवश्यकता पर्दैन, अर्थात् यसमा वायरलेस चार्जिङ प्रदान गरिएको छ ।
  • साइबर क्याब एक पूर्ण स्व-चालित इलेक्ट्रिक कार हो, जसमा कुनै स्टेयरिङ ह्वील वा पेडल छैन ।
  • क्याबिन एकदम कम्प्याक्ट छ र केवल २ यात्रुहरू बस्न मिल्छ । ड्यासबोर्डमा फ्ल्याट स्क्रिन प्रदान गरिएको छ ।

साइबर क्यापको डिजाइन साइबरट्रकसँग मिल्दोजुल्दो छ । कारको अगाडि पातलो जडान गर्ने एलइडी बत्ती दिइएको छ, जसले डिआरएलको रूपमा काम गर्छ । यसको दुबै छेउमा प्रोजेक्टर हेडल्याम्प प्रदान गरिएको छ । मस्कले सेल्फ ड्राइभिङ टेस्ला ट्याक्सीको फ्लीट विकास गर्ने योजना बनाएको बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार