सुख्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं । सुख्खा पहिरो खसेर अरनिको राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि दशैंका बेला ओहोरदोहोर गर्ने यात्रुहरु समस्यामा परेका छन् ।

काभ्रेको पाँचखाल नगरपालिका–८ मा गएराति खसेको सुख्खा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।

राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधनहरुको लामो लाइन लागेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार