अवरूद्ध अरनिको राजमार्ग आयो सञ्चालनमा

सुख्खा पहिरो खसेपछि अवरूद्ध बनेको अरनिको राजमार्ग सञ्चालनमा आएको छ।

काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ८ स्थित ५० किलो भन्ने स्थानमा सुख्खा पहिरो खसेको थियो।

पहिरो पन्छाएर सडक सञ्चालन गरिएको काभ्रे प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभ्रेका पूर्वी भाग जोड्ने उक्त राजमार्ग अवरूद्ध भएपछि यात्रुहरू मर्कामा परेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार