कोहलपुरमा भेटियो टाउको बिनाको शव

बाँकेको कोहलपुरमा एक युवकको टाउको बिनाको शव भेटिएको छ। कोहलपुर नगरपालिका वडा नम्बर ८ मा स्थानीय ४० वर्षीय चन्द्रबहादुर कामीको टाउको बिनाको शव भेटिएको हो । आइतबार बिहान पौने २ बजेतिर टाउको बिनाको शव भेटिएपछि अनुसन्धान गर्दै जाँदा बिहान मात्रै हत्या गरिएका व्यक्तिको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

सूचना पाए लगतै घटनास्थलमा खटिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक राजकुमार भट्टले बंगलाटोल भित्री सडक खण्डअन्तर्गत सरस्वती टोल नजिकै टाउको बिनाको शव भेटिएको र थप अनुसन्धान भइरहेको बताए ।

प्रहरी निरीक्षक भटट्का अनुसार हत्या गरिएका व्यक्ति सामान्य मजदुरी गरी जीवन यापन गर्दै आएको खुलेको छ। दसैंको टीकाको दिन राति उनको हत्या भएको अनुमान प्रहरीले गरेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार