साहारा मरुभूमिमा ५० वर्षपछि ठूलो वर्षा

विश्वको सबैभन्दा ठूलो अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठूलो वर्षा भएको छ । विगत ५० वर्षमा पहिलोपटक सहारा मरुभूमिमा यति छोटो अवधिमा यति धेरै पानी परेको मौसमविद्ले बताएका छन् ।

विज्ञहरूका अनुसार जलवायु परिवर्तन र असामान्य मौसमका कारण यस्तो अवस्था आएको हो । नासाको स्याटेलाइट तस्बिरले विगत ५० वर्षदेखि सुक्खा रहेको इरिकी तालमा पानी भरिएको देखाएको छ । दुई दिनको वर्षामा प्रायः बाँझो बालुवाका थुप्रा अहिले डुबेका छन् ।

यसअघि सन् १९७४ मा सहारा मरुभूमिमा ६ वर्षको खडेरीपछि पानी परेको थियो । वैज्ञानिकहरूले अबको १५ सय वर्षमा सहारा मरुभूमिमा हरियाली छाउने अनुमान गरेका छन् ।

९२ लाख वर्ग किलोमिटर क्षेत्रफल रहेको सहारा विश्वको सबैभन्दा ठूलो मरुभूमि हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार