काठमाडौं– राष्ट्रिय जनगणनाअनुसार नेपालमा छोरा जन्माउने दर बढेको देखिएको छ। शुक्रबार सार्वजनिक गरिएको जनगणना प्रतिवेदन २०७८ अनुसार छोरीभन्दा छोरा ५ प्रतिशत बढी जन्मेको देखिएको हो।
गत एक वर्षको आँकडाअनुसार ५२.८ प्रतिशत छोरा र छोरी ४७.३ प्रतिशत छोरी जन्मिएको पाइएको हो।
एक वर्षमा ४ लाख १२ हजार ९३५ बच्चाबच्स् जन्मिएका छन्। यीमध्ये २ लाख १८ हजार ७४ छोरा र १ लाख ९४ हजार ८ सय ६१ छोरी जन्मिएका हुन्। एक वर्षकोे अवधिमा सबैभन्दा धेरै २०–२४ वर्षका महिलाले ३६.८ प्रतिशत बच्चालाई जन्म दिएका छन्।