पेरुमाथि ब्राजिलको फराकिलो जित

ब्राजिलले पेरुमाथि फराकिलो जित हासिल गरेको छ । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा ब्राजिलले पेरुलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

ब्राजिलको जितमा राफिन्हाले २ गोल गरेका थिए भने आन्द्रेज पेरेइरा र लुइज हेनरिकले एक एक गोल गरेका थिए ।

विश्वकप छनौटमा ब्राजिलको पाँचौं जित हो । १० खेलमा १६ अंक हासिल गरेको ब्राजिल चौथो स्थानमा रहेको छ । त्यस्तै पेरुको भने १० खेलमा ६ अंक रहेको छ र अंक तालिकामा नवौं स्थानमा रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार