ट्रम्पको चुनावी अभियानलाई इलन मस्कको साढे ७ करोड सहयोग

काठमाडौं । विश्वका धनी व्यक्तिमध्येका एक इलन मस्कले रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पलाई चुनावी अभियानका लागि साढे ७ करोड अमेरिकी डलर दिएको खुलेको छ । सरकारी अनुसान्धानका क्रममा अमेरिकाको पूर्वराष्ट्रपतिसमेत रहेका ट्रम्पले चुनावी अभियानका लागि मस्कसँग रकम लिएको खुलेको हो ।

मस्क टेस्ला, स्पेश एक्स र सामाजिक सञ्जाल एक्स (ट्विटर)का मालिक हुन् । सरकारी अनुसन्धान अधिकारीका अनुसार इलन मस्कले ट्रम्पको समर्थक अभियान समूह ‘अमेरिका पीएसी’लाई ३ महिनामा करिब साढे ७ करोड अमेरिकी डलर रकम दिएको खुलेको हो । जुलाईमा ट्रम्पमाथि भएको हमलापछि मस्कले खुलेरै उनीमाथि समर्थन जनाएका थिए । यद्यपि त्यस घटनाअघि पनि मस्कले ट्रम्पलाई विभिन्न मुद्दामा साथ दिँदै आएका थिए ।

हालै पेन्सिल्बेनियाको बटलरमा भएको ट्रम्पको र्‍यालीमा पनि मस्क सहभागी भएका थिए । बटलर ट्रम्पमाथि हमला भएको ठाउँ पनि हो । अमेरिकाको नयाँ राष्ट्रपतिका लागि डेमोक्रेटिक पार्टीबाट कमला ह्यारिस उम्मेदवार छिन् भने रिपब्लिकन पार्टीले पूर्वराष्ट्रपति ट्रम्पलाई नै उम्मेदवार बनाएको छ । चुनाव नोभेम्बर ५ मा हुँदैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार