सेयर बजार ४३ अंकले बढ्यो

काठमाडौं– बुधबार नेप्से परिसूचक ४३ अंकले बढेको छ । आज नेप्से ४३.२२ अंकले बढेर २७४२.८८ विन्दुमा बन्द भएको छ ।

आज कुल ३२० कम्पनीका एक करोड ३२ लाख २४ हजार ३२२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड २ लाख ३७ हजार बराबरको कारोबार भएको थियो ।

आज सबैभन्दा बढी विजय लघुवित्तको सेयर मूल्यमा ९.३३ प्रतिशतले बढेको छ भने इस्टर्न हाइड्रोको शेयर ९.२४ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी अपार श्यांगे हाइड्रोको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबैभन्दा बढी नेपाल फाइनान्सको १५ करोड ९ लाख ५० हजार बराबरको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट कम्पनीको ७ लाख २९ हजार २७५ कित्ता सेयर कारोबार भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार