साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

साफ महिला च्याम्पियनसिप आजबाट सुरु हुँदैछ । कार्तिक १४ गतेसम्म हुने सो प्रतियोगिता काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुँदैछ । आज उद्घाटन खेलमा पाकिस्तान र भारतबिच प्रतिस्पर्धा हुनेछ ।

नेपालले भने भोलि भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपालको समूहमा भुटानसहित मालदिभ्स र श्रीलङ्का रहेका छन् । यसैबिच अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले साफ महिला च्याम्पियनसिपको टिकट विक्रीको २० प्रतिशत रकम राष्ट्रिय महिला फुटबल टोलीलाई दिने घोषणा गरेको‌ छ।

साफ सुरु हुनुअघि नै महिला टोलीले १६ लाख रुपैयाँ पाउने पक्का भएको हो । ८० लाख रुपैयाँमा एन्फाले एक कम्पनीलाई टिकट विक्रीको जिम्मेवारी दिने सम्झौता गरिसकेकोले टोलीले १६ लाख रुपैयाँ पाउने पक्का भएको छ । हिजो आयोजित एक कार्यक्रममा एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङले टिकट विक्रीको २० प्रतिशत रकम दिने घोषणा गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार