केशरमहल–सञ्चयकोष सडक बन्द

काठमाडौंको केशरमल चोकदेखि सञ्चयकोष भवन जाने सडक बन्द गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना जारी गर्दै केशरमहल चोकदेखि सञ्चयकोष भवन जाने सडक बन्द गरेको जनाएको हो।

विद्युत अण्डरग्राउन्ड गरी सडक ढलान गरिएको हुँदा उक्त सडकमार्फत ठमेलतर्फ जाने सवारीसाधनलाई प्रवेशमा रोक लगाइएको हो।

कार्यालयले वैकल्पिक मार्ग केशरमहल, लैनचौर, अस्कल क्याम्पस मोड हुँदै ठमेल जान अनुरोध गरेको छ। 
 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार